काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले विभिन्न १० कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुलाई एउटै मञ्चमा उभ्याउने भएका छन् । तत्कालीन नेकपा स्थापना भएको ७५ औं वर्षगाँठको उपलक्ष्यमा वैशाख ९ गते उनले आमसभा गर्ने भएका हुन् । नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै देशका १० कम्युनिस्ट पार्टीका नेताहरुलाई बोलाएर काठमाडौँको खुलामञ्चमा कार्यक्रम गर्न लागिएको बताए ।
वैशाख ९ गते काठमाडौँको सुन्धाराबाट सुरु भएको जुलुस खुलामञ्चमा पुगेर आमसभामा परिणीत हुने भएको छ । त्यस सभालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित १० पार्टीका शीर्ष नेताहरुलाई सम्बोधन गर्न निमन्त्रणा गरिएको छ । राजनीतिक अस्थिरताले दुश्चक्रमा फसेको, आर्थिक संकट चुलिएकाले देशभक्त वामपन्थी पार्टी र नेताहरुबीच गम्भीर छलफल हुने बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ बैशाख २०८०, १६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह
प्रचण्डलाई चुनावमा घेराबन्दी गर्ने विप्लव-जनार्दनको योजना
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर
१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जाने ‘विप्लव’को चेतावनी
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब