काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले विभिन्न १० कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुलाई एउटै मञ्चमा उभ्याउने भएका छन् । तत्कालीन नेकपा स्थापना भएको ७५ औं वर्षगाँठको उपलक्ष्यमा वैशाख ९ गते उनले आमसभा गर्ने भएका हुन् । नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै देशका १० कम्युनिस्ट पार्टीका नेताहरुलाई बोलाएर काठमाडौँको खुलामञ्चमा कार्यक्रम गर्न लागिएको बताए ।
वैशाख ९ गते काठमाडौँको सुन्धाराबाट सुरु भएको जुलुस खुलामञ्चमा पुगेर आमसभामा परिणीत हुने भएको छ । त्यस सभालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित १० पार्टीका शीर्ष नेताहरुलाई सम्बोधन गर्न निमन्त्रणा गरिएको छ । राजनीतिक अस्थिरताले दुश्चक्रमा फसेको, आर्थिक संकट चुलिएकाले देशभक्त वामपन्थी पार्टी र नेताहरुबीच गम्भीर छलफल हुने बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ बैशाख २०८०, १६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव
विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी नेपालले आज काठमाडौँमा जनप्रदर्शन गर्ने