चितवन । चितवन क्षेत्र नं. २ मा यही वैशाख १० गते हुने उपनिर्वाचनका लागि ठूला राजनीतिक दलहरुले आ–आफ्ना उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति परिचालन गरेका छन् । विभिन्न जिल्लाबाट नेता, कार्यकर्ताहरु आफ्नो नेता जिताउन भन्दै भरतपुर गएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता गैरकानुनी भएको भन्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएपछि हुन लागेको उपनिर्वाचनलाई दलहरुले प्रतिष्ठाको विषय बनाएको बुझ्न गाह्रो छैन । सोही कारण दलका ठूला नेतादेखि कार्यकर्ताहरु चितवनको भरतपुर आएका आउने क्रम जारी छ । कतिपय विभिन्न जिल्लाबाट आएका पार्टी नेता तथा कार्यकर्ताहरु क्षेत्रगत रुपमा बाँडिएर मत फकाउन लागिपरेका छन् ।
एमाले र कांग्रेस नेतृत्वको गठबन्धन गत मंसिर ४ मा गुमेको मत फिर्ता गराउने कसरतमा छन् भने लामिछाने जित दोहोर्याउने दाउँमा छन् । चुनावको रस्साकस्सीको समाचार संकलनका लागि विभिन्न सञ्चारमाध्यमका पत्रकार र युटुबरहरुको लर्को पनि भरतपुरमा लागेको छ । बाहिरबाट नेता, कार्यकर्ता र अन्य व्यक्तिहरु आउने क्रमसँगै यहाँका होटल तथा रेष्टुरेन्टहरुमा भिडभाड देखिन थालेको छ ।
भरतपुर महानगरपालिका वडा नं.२ क्षेत्रपुरमा रहेको दियालो फुडल्याण्डका कार्यकारी निर्देशक रमेश अधिकारीले चुनाव नजिकिन थालेसँगै होटलका कोठाहरुको बुकिङ्ग र रेष्टुरेन्टको ब्यापार बढ्न थालेको बताए । दियालोमा १९ वटा कोठा पछिल्लो ५ दिन यता सबैजसो बुकिङ्गमा छन् ।
‘वैशाखको २/३ गतेदेखि होटलको अकुपेन्सी लगभग शतप्रतिशत जस्तो हुन थालेको छ, विभिन्न कार्यक्रमहरु, भेटघाटहरु पनि भैरहेका छन्, सुविधायुक्त हलहरुसमेत भएकाले बुकिङ्ग राम्रो छ’ अधिकारीले भने, ‘अधिकांश चुनावसँग सम्वन्धित मान्छेहरु नै आएको पाउँछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ बैशाख २०८०, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरको प्रशासकीय भवन बनाउन बागमती सरकारले ३ करोड निकासा दिने
चीनको सिगात्से सहरका मेयर वाड्ग फड्ग हुड्ग भ्रमण टोली भरतपुरमा
भरतपुरका मेयर रेनु दाहालको दृष्टिकोण : ‘बोल्ने होइन, देखिने विकास’ (पूर्णपाठसहित)
भरतपुरले दियो फोहोर संकलनका लागि साढे सात करोडमा ठेक्का
खराब मौसमका कारण भरतपुरसहित तीन विमानस्थलमा हुन सकेन उडान
भरतपुरको मुख्यबजार क्षेत्रको छ लेन सडक निर्माण अन्तिम चरणमा