एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता राहुल गान्धीले २ वर्ष जेल सजायविरुद्ध दिएको पुनरावेदन अदालतले खारेज गरेको छ । गान्धीले दिएको पुनरावेदन गुजरातको सुरत अदालतले बिहीबार खारेज हुने निर्णय सुनाएको हो । एक महिनाअघि सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै २ वर्षको जेल सजाय सुनाएको थियो ।
गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरकाे बारेमा गरेको टिप्पणीलाई लिएर भाजपाका एक नेताले अदालतमा मानहानी मुद्दा दायर गरेका थिए । एउटा भाषणमा प्रधानमन्त्री मोदीको आलोचना गर्ने क्रममा गान्धीले सबै चोरहरूको मोदी साझा थर कसरी भयो भन्ने प्रश्न गर्दै अभिव्यक्ति दिनुभएको थियो ।
उक्त अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मुद्दा दायर गरेकाे थियाे । सुरत जिल्ला अदालतले गान्धीलाई आफ्नो फैसलाविरूद्ध पुनरावेदन गर्ने भए ३० दिनको समय दिएको थियो ।
अदालतले गान्धीलाई तत्कालका लागि धरौटीमा छोडेको थियो । अदालतले २ वर्षको जेल सजाय सुनाएसँगै लोकसभा सचिवालयले गान्धीको सांसद पद निलम्बन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०७ बैशाख २०८०, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?