एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता राहुल गान्धीले २ वर्ष जेल सजायविरुद्ध दिएको पुनरावेदन अदालतले खारेज गरेको छ । गान्धीले दिएको पुनरावेदन गुजरातको सुरत अदालतले बिहीबार खारेज हुने निर्णय सुनाएको हो । एक महिनाअघि सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै २ वर्षको जेल सजाय सुनाएको थियो ।
गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरकाे बारेमा गरेको टिप्पणीलाई लिएर भाजपाका एक नेताले अदालतमा मानहानी मुद्दा दायर गरेका थिए । एउटा भाषणमा प्रधानमन्त्री मोदीको आलोचना गर्ने क्रममा गान्धीले सबै चोरहरूको मोदी साझा थर कसरी भयो भन्ने प्रश्न गर्दै अभिव्यक्ति दिनुभएको थियो ।
उक्त अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मुद्दा दायर गरेकाे थियाे । सुरत जिल्ला अदालतले गान्धीलाई आफ्नो फैसलाविरूद्ध पुनरावेदन गर्ने भए ३० दिनको समय दिएको थियो ।
अदालतले गान्धीलाई तत्कालका लागि धरौटीमा छोडेको थियो । अदालतले २ वर्षको जेल सजाय सुनाएसँगै लोकसभा सचिवालयले गान्धीको सांसद पद निलम्बन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०७ बैशाख २०८०, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’