कञ्चनपुर । भीमदत्त नगरपालिका–१३ स्थित महाकाली नदी किनारमा एक जना मजदुरको शव फेला परेको छ।
निर्माणाधीन चार लेन पक्की पुलको दक्षिणतर्फको नदी किनारमा शव भेटिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ।
प्रहरीका अनुसार वडा नं. १२ घर भएर महाकालीमा बालुवा छपानको काम गर्ने ६५ वर्षीय रामस्वरुप सुनारको शव आज बुधबार बिहान भेटिएको हो। स्थानीयले त्यसको जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धानमा जुटेको छ। मृत्युको कारण खुलेको छैन।
प्रहरीका अनुसार उनको शरीरमा कुनै पनि प्रकारका घाउचोट छैन। शवको पोस्टमार्टमको तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ बैशाख २०८०, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै
गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव
अटो दुर्घटनामा वेपत्ता यात्रुहरु मध्ये २ जनाको शव फेला
सुटकेशभित्र एक महिलाको शव फेला