काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको छातीको तल्लो भागमा संक्रमण देखिएको छ । फलोअप परीक्षणका लागि सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका पौडेलको अल्ट्रासाउण्डको सहायताले पानी निकाली परीक्षण गर्न लागिएको हो ।
पौडेलका निजी चिकित्सक डा. निरज बमका अनुसार छातीको तल्लो भागमा संक्रमण देखिएकाले परीक्षण गर्न लागिएको हो ।‘संक्रमणको कारणले पानी आउँछ । उहाँको बाँया छातीको तल्लो भागमा थोरै पानी देखिएको थियो । के कारणले संक्रमणको कारण थाहा पाउन परीक्षणका लागि पठाएका छौं’, डा। बमले भने ।
विशेषज्ञ चिकित्सका अनुसार छातीको तल्लो भागमा पानी देखिनुले निमोनिया, टिबी तथा क्यान्सर हुनसक्ने संकेत गर्छ । पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर बसेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ बैशाख २०८०, १४ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्रेरणाका पुञ्ज हुन्: राष्ट्रपति पौडेल
‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने राष्ट्रपतिकाे विश्वास
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
राष्ट्रपतिबाट निर्वाचन सम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिका विज्ञ राजनीतिक सल्लाहकार सुनिल थापाले दिए राजीनामा
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस