निर्वाचनमा विजयी हुन एक ढिक्का भएर लाग्नु पर्छः शेखर कोइराला

सफल खबर संवाददाता

सोमबार, ०४ बैशाख २०८०, १४ : १२
निर्वाचनमा विजयी हुन एक ढिक्का भएर लाग्नु पर्छः शेखर कोइराला

तनहुँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले उपनिर्वाचनमा विजयी हुन नेपाली कांग्रेसका नेता एवं कार्यकर्ता एकढिक्का भएर लाग्न आग्रह गरेका छन  । भानु नगरपालिका–२ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै डा.कोइरालाले नेता तथा कार्यकतालाई एक ढिक्का भएर निर्वाचनको तयारीमा केन्द्रित भएर पूर्ण गतिशीलता र शक्तिका साथ परिचालित हुनु आग्रह गरे ।

डा.कोईरालाले गुटबन्दीरहित बनाएर एकतावद्ध रुपले अघि बढेर आगामी निर्वाचनमा तनहुँको विराशतलाई कायम राख्नु पर्ने बताए। पार्टीभित्र असन्तुष्टि रहे पनि पार्टीलाई एकतावद्ध भएर कांग्रेस अघि बढिरहेको उनको भनाई थियो ।  तिक्ततालाई पार्टीका सम्पूर्ण कार्यकताले बिर्सिएर निर्वाचनमा एकढिक्का हुनुपर्ने विचार व्यक्त गरे। गोविन्द भट्टराई राजनीतिमा समर्पित त्यागी,  इमानदार अवसर नपाएको नेता भएको र तनहुँको विकास ठुलो योगदान दिएको नेता भएकोले पार्टीले टिकट दिएको बताए । कोइरालाले अवसरवादीहरूबाट जोगिन आग्रह समेत गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ–१ को उपनिर्वाचनमा उम्मेदवार बनेका डा। स्वर्णिम वाग्लेप्रति इङ्गित गर्दै कटाक्ष गरे । ‘सावधान हुनु होला अवसरवादीहरूबाट जोगिनुहोला तनहुँको राजनीतिक विरासतलाई कायम राख्न गोविन्द भट्टराईलाई जिताउनुपर्छ नेता कोईरालाले भने। राती ११ बजे सुत्ने अब २ बजे सुतेर रातदिन नभई प्रचार जुट्नु पर्ने बेला आएको उनले बताए।
 

प्रतिक्रिया दिनुहोस