काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएको छ। सामाजिक सञ्जालमा स्टाटस लेख्दै ओलीले आफूलाई भाइरल ज्वरो आएको बताएका छन्।
‘अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु । तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरुमा सहभागी हुन सकिरहेको छैन ।’ ओलीले भनेका छन्।
स्वास्थ्यमा समस्या आएपछि वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुन नसकेको बताएका छन् । स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा सबैलाई भेट्न आउने बताउँदै तीनैजना उम्मेदवाारहरुलाई विजयको शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ बैशाख २०८०, १८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओलीको शल्यक्रिया सकियो
पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरे : केपी ओली