काठमाडौं । सभामुख देवराज घिमिरेले अहिलेको संसदबाट जनताको आशा र भरोसा धेरै रहेको बताएका छन् ।
नयाँ वर्ष २०८० का अवसरमा संघीय संसद सचिवालयले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले २०७९ सालमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट नयाँ जनप्रतिनिधिहरुसँग जनताको आशा र अपेक्षा धेरै रहेको बताए । आगामी वर्ष जनताप्रतिको दायित्व पूरा गर्न लाग्नुपर्ने उनले बताए ।
यस्तै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि वर्ष २०७९ मा पनि देशले स्थिरता दिन नसकेको बताए ।
दुई महिनामै सरकार परिवर्तन हुँदा निरासा पैदा भएको बताउँदै उनले सरकार स्थिर नहुँदा राम्रो गर्नेले पनि काम गर्न नपाएको बताए ।
‘विधेयकहरु समितिमा पठाउँदा ‘डिले’ हुन्छ भन्ने मानसिकता विकास हुनु दुःखद् छ । समितिहरु ढिला हुँदा कर्मचारीसँग जोडिएका, मानवअधिकारसँग जोडिएका र जनताको दैनिक जीवनसँग जोडिएका विधेयकहरु अघि बढ्न सकेको छैन,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० चैत्र २०७९, १८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘देशको असहज अवस्थालाई स्थायित्वमा रूपान्तरण गर्नुपर्छ’ : सभामुख घिमिरे
‘नेपाल सम्वत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक हो’: सभामुख घिमिरे
सभामुख घिमिरेले दलका नेतापछि संविधानविद्हरूसँग थाले कानुनी परामर्श
संसद् विघटनबारे सभामुख घिमिरेद्वारा दलहरूको राय माग
‘दसैँ नेपाली समाजमा मेलमिलाप र पुनर्मिलनको पर्व हो’ : सभामुख घिमिरे
संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न जरुरी छ : सभामुख घिमिरे