काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनलाई जवाफ फर्काएका छन। सामाजिक संञ्जाल फेसबुकमा लेख्दै नेता कोइरालाले सिंहदरबार क्षेत्रको फोहोर नउठाउनु अराजकता हो भन्दै जवाफ फर्काएका हुन ।
कोइरालाले सामाजिक संञ्जालमा लेख्नुभएको छ, ‘कामपाले सिंहदरवार लगायत स्थानको फोहोर नउठाउनु अराजकता हो,जिम्मेवार निकायको यो व्यवहारको सबैले विरोध गर्नैैपर्छ।अर्कोतर्फ सरकारले पनि महानगरले उठाएका प्रश्नको वेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरवारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब हो।दुबै सच्चिनु पर्छ।’
महानगरलाई सहयोग नगरेको भन्दै असन्तुष्ट रहेका मेयर बालेनले सिंहदरबार र राजधानी अर्कै पालिकामा सार्न चुनौती दिएका थिए । मेयर बालेनले आफूलाई सिंहदरबारले असहयोग गरेको भन्दै सिंहदरबार क्षेत्रको फोहोर नउठाउन निर्देशन दिएपछि एक सातायता फोहोर उठेको छैन । नेता कोइरालाले मेयर बालेनको त्यस्तो कदमलाई अराजकताको संज्ञा दिएका छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० चैत्र २०७९, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसको विवाद मिलाउन शेखर कोइरालाको नयाँ फर्मुला
कांग्रेसकै ऊर्जा भर्न हस्ताक्षर अभियान भएको हो : शेखर कोइराला
समयमै चुनाव हुने अपेक्षा लिएका छौं: शेखर कोइराला
खरानी बीजबाट नूतन कांग्रेसको नवनिर्माणमा जुटौँ : डा. शेखर कोइराला
डा. शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह
उखुको बोटसहित किसान सडक आन्दोलनमा आउनु दुःखद : शेखर कोइराला