काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी संसदीय दलको विधान संशोधन गर्ने तयारी गरेको छ। त्यसका लागि पाँच सदस्यीय कार्यदलसमेत गठन गरिएको छ।
सिंहदरबारमा मंगलबार बसेको संसदीय दल बैठकले विधान संशोधनका लागि प्रमुख सचेतक हितराज पाण्डेको संयोजकत्वमा प्रतिनिधि सभाका सांसदहरू पूर्ण घर्ती र विमला सुवेदी तथा राष्ट्रिय सभा सदस्यहरू जगप्रसाद शर्मा र गंगा वेलवासे सदस्य रहेको कार्यदल बनाएको हो।
प्रमुख सचेतक पाण्डेले संसदीय दल विधान संशोधन गर्न कार्यदल बनाइएको बताए। कार्यदलले एक महिनाभित्र पार्टी संसदीय दल विधान संशोधन गर्न आवश्यक सुझावसहित प्रतिवेदन दिनेछ। ‘हाम्रो संसदीय दलको विधान अहिलेको परिस्थिति हेरेर परिमार्जन गर्नुपर्ने अवस्था आयो,’ उनले भने।
संक्रमणकालीन न्यायसँग सम्बन्धितलगायत महत्वपूर्ण विधेयक संसदमा प्रक्रियामा गएकोले ती विधेयक अघि बढाउनुपर्ने मागसमेत माओवादीको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ चैत्र २०७९, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस