माओवादी नेता तथा कार्यकर्ताहरू एक ढिक्का भएर अगाडी बढ्नुपर्छ : रेनु दाहाल

सफल खबर संवाददाता

शनिबार, २५ चैत्र २०७९, १७ : २४
माओवादी नेता तथा कार्यकर्ताहरू एक ढिक्का भएर अगाडी बढ्नुपर्छ :  रेनु दाहाल

सन्धिखर्क । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य रेनु दाहालले देशै भरिबाट माओवादी नेता तथा कार्यकर्ताहरू एक ढिक्का भएर अगाडी बढ्नुको कुनै विकल्प नभएको बताएकी छिन् ।अर्घखॉचिको सन्धीखर्कमा माओवादी केन्द्र अर्घखॉचीले आयोजना गरेको  स्वागत तथा अन्तर्रक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएकी हुन् । 

सो अवसरमा दाहालले जनतालाई आशा जगाउन्नु र परिर्वतनको रक्षा गर्नु माओवादी नेता कार्यकर्ताको प्रमुख भूमिका भएको बताईन् । जनयूद्दका शहिदहरूलाई सम्मान र घाईते बेपत्ता शहिदपरिवारहरूको जिविकोपार्जन लाई सहज बनाउँन वर्तमान सरकारले सरकार गठनको १ सय दिनमा उल्लेख्निय भूमिका खेलेको बताउँदै यसलाई जनस्तरसम्म लैजान नेता कार्यकर्ताहरूलाई आग्रह गरिन् ।नेत्री दाहालले भनिन् "अध्यक्ष प्रचण्डले पटकपटक भन्ने गर्नुभएको छ हामी गरौँ की मरौ को अवस्थामा छौ,  हामिलाई गफ गरेर बस्ने समय छैन, हामिले सरकारले हरेक दिन परिणाम दिने,  जनताका मन जित्ने गरी काम गर्नुपर्छ भन्नु भएको छ । यो भित्र ठूलो मर्म छ पार्टी निर्माणको संकल्प छ ।त्यसलाई अगाडी बढाउँन हामी दृढ भएर लागौ ।" उनले भनिन्' अर्धखॉचिमा पनि पार्टी छोडेर गएकाहरू माओवादी आन्दोलनको खिलापमा लागेका छन् तिनिहरू गद्दार हुन् , उनिहरू पुरै गलत छन् , परिवर्तन गर्ने र त्यसको रक्षा र विकास गर्ने मूलधारको माओवादी हामीमात्र हो ।'

भरतपुर महानगरपालिकाको प्रमुख समेत रहेकी दाहालले भरतपुरमा दोस्रो कार्यकालको नेतृत्व गर्दै गर्दा आफूले  विकास ,समृद्दी शुसानमार्फत जनताको मन जित्नेगरी काम गरिरहेको बताउँदै माओवादी केन्द्र बाट निर्वाचित संघ प्रदेश तथा स्थानिय तहका जनप्रतिनिधीहरूलाई जनताको मन जित्नेगरि विकासमा  अगाडी बढ्न आग्रह गरेकी छन् ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का जनसम्पर्क बिज्ञ सल्लाहकार बुद्दी जिसीले माओवादी हरू अब एक ढिक्का भएर अगाडी बढ्नुको कुनै विकल्प नरहेकाले पार्टीले लिएको विकास र समृद्दिको योजनालाई जनताका आवस्यकता लाई केन्द्रमा राखेर अगाडी बढ्नुपर्ने बताए ।वर्तमान  सरकारले छोटो समयमा जनताका समस्यालाई सहज ढंगले हल गर्न दर्जनौ निर्णय गरी कार्यन्वयनमा ल्याएको बताउँदै यसलाई जनस्तरसम्म पुर्याउन सिड्गो पार्टीपत्तिंm  एक ढिक्का भएर लाग्नु पर्ने बताए । उनले सरकारले गरेका राम्रा कामहरूबाट आत्तिएर जनतामा भ्रम छर्न खोज्नेहरूका विरूद्द प्रतिकार गर्न अर्घखाचीका सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आग्रह समेत गरेका थिए ।

कार्यक्रममा अर्घखॉचिका नेता तथा अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।सो अवसरमा नेत्री दाहाललाई नेता कार्यकर्ताहरूले भब्य स्वागत समेत गरेका थिए ।शनिवार नै गुल्मिको धुर्कोट गाउँकमिटिले पनि भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।सो अवसरमा नेत्री दाहालले सिङ्गो पार्टी एक ढिक्का भएर संगठन निर्माण र जनसेवामा लाग्न निर्देशन दिएकी थिईन् ।

प्रतिक्रिया दिनुहोस