काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले अहिले पनि नेपाली युवाले देशमै पसिना बगाउने वातावरण नभएको बताएका छन् । राजधानी काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले नेपाली युवाले देशमै पसिना बगाउन चाहे पनि त्यो वातावरण नभएको बताएका हुन् ।
‘हामीले खोजिरहेको एउटा युवा दिनभरी क्यारेमबोर्ड खेलेर बस्छ । बेकामी भएर बस्छ । काम गर्न खोज्यो भने पनि यहाँ पाउँदैन । मलेसिया, दुबई र कतारमा गएर एकदमै जोखिमपूर्ण काम गर्नुपर्छ । उसले पसिना यहीँ बगाउन चाहन्छ तर त्यो वातावरण छैन,’ उनले भने ।
उनले अब सबै युवालाई देशमै रोगारी दिनु पर्ने बताउँदै त्यसका लागि रोजगारी सिर्जना गर्न सही नीति ल्याउनुपर्ने बताए । कुनै नीति ल्याउँदा कसैको पक्ष र कसैको विरोधमा हुने गरेको बताउँदै उनले सबैको पक्षमा हुने नीति ल्याउन छलफल हुनुपर्ने बताए ।
अब संसदमा एकअर्काको विरोध गर्नु बेर्थ हुने बताउँदै सांसद पौडेलले चाहिएको विषयमा छलफल गरी त्यसलाई कार्यान्वयन गर्नेबारे छलफल हुनु पर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ चैत्र २०७९, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अब राष्ट्रिय सहमतिको सरकार र संविधान संशोधन : प्रदीप पौडेल
मानव अङ्ग प्रत्यारोपण सम्बन्धी कानूनलाई खुकुलो बनाउन सकिँदैनः मन्त्री पौडेल
स्वास्थ्यकर्मी उपत्यका बाहिर जानै नमान्ने मन्त्री पौडेलको गुनासो
डेंगी परीक्षणको नाममा लुट्ने काम बन्द गर: स्वास्थ्य मन्त्री पौडेल
श्रमिकको स्वास्थ्य रक्षाको नेपाली मुद्दामा समर्थन जुटाउन स्वास्थ्य मन्त्री पौडेलको पहल
खेलबाट स्वास्थ्य जीवन, स्वच्छ समाजको प्रवर्द्धन हुन्छ : मन्त्री पौडेल