काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले अहिले पनि नेपाली युवाले देशमै पसिना बगाउने वातावरण नभएको बताएका छन् । राजधानी काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले नेपाली युवाले देशमै पसिना बगाउन चाहे पनि त्यो वातावरण नभएको बताएका हुन् ।
‘हामीले खोजिरहेको एउटा युवा दिनभरी क्यारेमबोर्ड खेलेर बस्छ । बेकामी भएर बस्छ । काम गर्न खोज्यो भने पनि यहाँ पाउँदैन । मलेसिया, दुबई र कतारमा गएर एकदमै जोखिमपूर्ण काम गर्नुपर्छ । उसले पसिना यहीँ बगाउन चाहन्छ तर त्यो वातावरण छैन,’ उनले भने ।
उनले अब सबै युवालाई देशमै रोगारी दिनु पर्ने बताउँदै त्यसका लागि रोजगारी सिर्जना गर्न सही नीति ल्याउनुपर्ने बताए । कुनै नीति ल्याउँदा कसैको पक्ष र कसैको विरोधमा हुने गरेको बताउँदै उनले सबैको पक्षमा हुने नीति ल्याउन छलफल हुनुपर्ने बताए ।
अब संसदमा एकअर्काको विरोध गर्नु बेर्थ हुने बताउँदै सांसद पौडेलले चाहिएको विषयमा छलफल गरी त्यसलाई कार्यान्वयन गर्नेबारे छलफल हुनु पर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ चैत्र २०७९, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सरकारको ‘सय दिनमा सय काम’ नारामै सीमित भयो’ : प्रदीप पौडेल
‘एक पटक वडास्तरमा अद्यावधिक गरेपछि सदस्यता बारम्बार नवीकरण गर्न नपर्ने’ : प्रदीप पौडेल
सुकुम्वासी बस्ती हटाउँदा पर्याप्त सूचना र समय दिनुपर्थ्यो : महामन्त्री पौडेल
‘सदस्यता प्रणाली डिजिटल रूपान्तरणतर्फ, पुराना अभिलेख सुरक्षित रहन्छ’: प्रदीप पौडेल
कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?
आगामी सरकारलाई काँग्रेसको साथ र समर्थन रहने प्रदीप पौडेलको प्रतिबद्धता