काठमाडौं।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खाडी तथा मलेसियामा करिब ५० हजार नेपाली श्रमिकहरू शून्य लागतमा पठाएको छ । मन्त्रालयका सचिव एक नारायण अर्यालले मलेसिया, कतार जस्ता मुलुकमा ५० हजार नेपाली शून्य लागतमा पठाइएके जानकारी दिए।मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले मलेसिया तथा खाडीका बहुर्राष्ट्रिय कम्पनीहरूमा नेपाली श्रमिकहरूले शून्य लागतमा जाने अवसर पाएको बताए।
फागुन महिनामा वैदेशिक रोजगारका लागि ६१ हजार आठ सय ४५ जनाले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार यो नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको संख्या हो।नयाँ श्रम स्वीकृति लिएर मात्रै यो महिना ३६ हजार नौ सय ९४ जना विदेशिएका छन्। नयाँ तथा पुनः श्रम स्वीकृति सबैभन्दा धेरै १९ हजार आठ सय २४ जनाले मलेसियाका लागि लिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ चैत्र २०७९, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह
सन् २०२५ मा १५ लाख २३ हजार नेपाली विदेशिए
अबुधाबीस्थित नेपाली राजदूतावासद्वारा युएईमा कार्यरत नेपालीहरूलाई चेतावनी
यूएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी
साउदीले ६५ जना नेपालीलाई दियो आममाफी
युएईको जेलमा रहेका १२० नेपालीले पाए आममाफी