काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङबीच भेटवार्ता भएको छ । काम विशेषले राजधानी आएका मेयर साम्पाङले मेयर बालेनसँग मंगलबार उनकै कार्यकक्षमा पुगेर भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा दुवैले एकले अर्कालाई ‘सिलाम साक्मा’ लगाइदिए । मेयर साम्पाङ र मेयर बालेन दुवैको यो पहिलो भेट हो । पहिलो भेटवार्ता गर्दा आफूहरु खुसी भएको पनि उनीहरुले भनेका छन् ।
मेयर बालेनले भेटपश्चात् लेखेका छन्, ‘सिलाम साक्माले मृत्युको बाटो छेकेझै, नेपालमा विकासको बाटो कसैले छेक्न नसकोस ।’ यस्तै, मेयर साम्पाङले पनि लेखेका छन्, ‘आज मेयर बालेनज्यु सँग पहिलो भेट भयो ! रमाइलो भयो कुराकानी !’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ चैत्र २०७९, १८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनको भागमा ४० जना समानुपातिक उम्मेदवार
रविसँग बालेन र कुलमानको आ– आफ्नै प्रस्ताव
बालेन र डा. बाबुराम भट्टराईबीच भेटवार्ता, के भयो छलफल ?
बालेन–रवि भेटघाटको रहस्य: राजनीतिक संकेत कि औपचारिक छलफल?
रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता
कुलमानले बालेनसँग भेटेको तस्वीर किन सार्वजनिक गरे ?