काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङबीच भेटवार्ता भएको छ । काम विशेषले राजधानी आएका मेयर साम्पाङले मेयर बालेनसँग मंगलबार उनकै कार्यकक्षमा पुगेर भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा दुवैले एकले अर्कालाई ‘सिलाम साक्मा’ लगाइदिए । मेयर साम्पाङ र मेयर बालेन दुवैको यो पहिलो भेट हो । पहिलो भेटवार्ता गर्दा आफूहरु खुसी भएको पनि उनीहरुले भनेका छन् ।
मेयर बालेनले भेटपश्चात् लेखेका छन्, ‘सिलाम साक्माले मृत्युको बाटो छेकेझै, नेपालमा विकासको बाटो कसैले छेक्न नसकोस ।’ यस्तै, मेयर साम्पाङले पनि लेखेका छन्, ‘आज मेयर बालेनज्यु सँग पहिलो भेट भयो ! रमाइलो भयो कुराकानी !’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ चैत्र २०७९, १८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनको सचिवालयका तीनै सहयोगी रास्वपा केन्द्रीय समितिमा निर्वाचित
रास्वपा सभापतिमा रवि निर्विरोध चुनिएपछि मध्यराति बालेनले लेखे: ‘शुभकामना हाम्रो पार्टीलाई’
'देश बनाउने टोली' भन्दै बालेनले गरे गृहमन्त्री र पूर्वाधारमन्त्रीसँगको तस्वीर सार्वजनिक
फेसबुकमा सचिवमाथि मजाक गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई पनि एम्बासडर बन्न मन छ’
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने
बालेन शाहविरुद्ध १२ वर्ष पुरानो ‘र्याप ब्याटल’लाई लिएर उजुरी