काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचलाउने निर्णयविरुद्धको रिटउपर मंगलबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।
उक्त रिट सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको थियो । न्यायाधीश सिन्हाले संवैधानिक इजलासमा सुनुवाइ गरेकाले मुद्दा हेर्न नमिल्ने भएपछि रिटमाथि सुनुवाइ नभएको हो ।
योसँगै मंगलबारको सुनुवाइ स्थगित भएको छ । अधिवक्ता युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । लामछिानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानूनविपरीत रहेको भन्दै पौडेलले रिट दर्ता गराउनुभएको हो ।
यही चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो । त्यसअघि, प्रहरी, सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए ।
सोमबार दायर रिटमा लामिछानेले अमेरिकी नागरिक हुँदाहुँदै नेपाली राहदानी प्राप्त गरी कसुर गरेको जिकिर गरिएको छ । यसअघि, सांसद पदको योग्यतासम्बन्धी रिटमा लामिछानेले आफूले अमेरिकी नागरिक रहँदै नेपाली राहदानी प्राप्त गरेको स्वीकार गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ चैत्र २०७९, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि र बालेनबिच ७ बुँदे सहमति, यस्तो छ सहमतिको पूर्णपाठ
रवि–बालेनको ‘डबल गेम’ : एक पार्टी कि चुनावी गठबन्धन ?
‘बालेनपछि सुदन र कुलमानसँग पनि कुरा गर्दै छौँ’ : रवि लामिछाने
रवि र बालेन बिच पाँच घण्टा वार्ता : सहभागी भन्छन्, 'देशले खोजेको आशाको मिलन भयो'
रविलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत
जेन जेड सहिद परिवारसँग रवि लामिछानेले गरे छलफल