काठमाडौं । सेयर बजार लगातार तेस्रो दिन पनि घटेको छ । मंगलबार ५.२० अंकले घटेको सेयर बजार १८६६.६८ विन्दुमा झरेको छ । कारोबार रकम समेत १ अर्ब भन्दा कममा समेटिएको छ ।
मंगलबार २६४ धितोपत्रको २३ हजार १७० वटा कारोबारबाट २९ लाख ७१ हजार ९४७ कित्ता सेयर किनबेच भएको छ । मंगलबार ९१ करोड ७६ लाख १० हजार २९६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार उपसूचकहरुमा मिश्रित नतिजा देखिएको छ । बैंकिङ, इन्भेष्टमेन्ट, जीवन बीमा, उत्पादन तथा लागत निर्जीवन बीमा र अन्य सवइन्डेक्सको मूल्य घटेको छ मंगलबार कालिञ्चोक दर्शन प्रालिको मूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेर २५७.८० रुपैयाँ पुगेको छ । सानिमा ग्रोथ फण्डको मूल्य ८.९३ प्रतिशतले बढेको छ । प्रभु बैंक डिभेन्चरको मूल्य सबैभन्दा धेरै ९.२९ प्रतिशतले घटेको छ । शिवम् सिमेन्ट, एनआईसी एसिया बैंक, सिद्धार्थ प्रिमियर इन्स्यारेन्सससहितका धितोपत्रको धेरै कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ चैत्र २०७९, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार