काठमाडौं । सेयर बजार लगातार तेस्रो दिन पनि घटेको छ । मंगलबार ५.२० अंकले घटेको सेयर बजार १८६६.६८ विन्दुमा झरेको छ । कारोबार रकम समेत १ अर्ब भन्दा कममा समेटिएको छ ।
मंगलबार २६४ धितोपत्रको २३ हजार १७० वटा कारोबारबाट २९ लाख ७१ हजार ९४७ कित्ता सेयर किनबेच भएको छ । मंगलबार ९१ करोड ७६ लाख १० हजार २९६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार उपसूचकहरुमा मिश्रित नतिजा देखिएको छ । बैंकिङ, इन्भेष्टमेन्ट, जीवन बीमा, उत्पादन तथा लागत निर्जीवन बीमा र अन्य सवइन्डेक्सको मूल्य घटेको छ मंगलबार कालिञ्चोक दर्शन प्रालिको मूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेर २५७.८० रुपैयाँ पुगेको छ । सानिमा ग्रोथ फण्डको मूल्य ८.९३ प्रतिशतले बढेको छ । प्रभु बैंक डिभेन्चरको मूल्य सबैभन्दा धेरै ९.२९ प्रतिशतले घटेको छ । शिवम् सिमेन्ट, एनआईसी एसिया बैंक, सिद्धार्थ प्रिमियर इन्स्यारेन्सससहितका धितोपत्रको धेरै कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ चैत्र २०७९, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२५९६ अंकमा झर्यो सेयर बजार
२६ सय नाघ्यो सेयर बजार
सेयर बजारका सबै सूचक झरे
घट्यो सेयर बजार, नेप्से २६२२ अंकमा
नेप्से ३१ अंकले बढ्यो, ९ अर्बको कारोबार
२६०० अंकमा पुग्यो सेयर बजार