काठमाडौं । सेयर बजारमा गिरावट भएको छ । अर्थमन्त्री नहुँदा अन्योलमा रहेका सेयर लगानीकर्ता नयाँ अर्थमन्त्री आएपछि पनि आश्वस्त हुन नसक्दा लगातरा दोस्रो दिन पनि सेयर बजारमा गिरावट भएको हो ।
साताको दोस्रो कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १६.६७ अंक (०.८८ प्रतिशत) ले गिरावट हुँदा १८७१.८८ अंकमा बन्द भएको छ । व्यापार उपसूचक बढेपनि बजारलाई लिड गर्ने बैंकिङ सहित अरु सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । व्यापार उपसूचक १.२१ प्रतिशतले वृद्धि हुँदा निर्जीवन बीमा, लघुवित्त, विकास बैंक, वित्त कम्पनी र हाइड्रोपावर उपसूचक १ प्रतिशत भन्दा माथिले गिरावट भएको छ । यस्तै बैंकिङ उपसूचक पनि ०.७५ प्रतिशतले घटेको हो ।
घट्दो बजारमा कारोबार रकम पनि घटेको छ । गत सातको अन्तिम दुई दिन १ अर्ब तल झरेको कारोबार रकम आइतबार बढेर १ अर्ब २० करोड नाघेको थियो । तर, सोमबार बजारमा कारोबार रकम घटेर पुनः ९२ करोड २ लाख रुपैयाँमा झरेको छ । २७ हजार ४५४ वटा कारोबारमा २८ लाख २९ हजार ४२६ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।
जसमध्ये नबिल बैंकको सर्वाधिक ३ करोड ६३ लाखको कारोबार हुँदा एनआईसी एशिया बैंकको २ करोड ९३ लाख रुपैयाँ र ग्लोबल आईएमई बैंकको २ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ ।
सोमबार नेप्सेमा कुल २१६ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १७३ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ३३ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १० कम्पनीको सेयरमूल्य स्थिर छ । कालिञ्चोक दर्शन कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा महुली लघुवित्तको सेयरमूल्य ३.१६ प्रतिशत र विशाल बजार कम्पनीको सेयरमूल्य २.५० प्रतिशतले बढेको हो ।
यता एशियन हाइड्रोपावर कम्पनीको सेयरमूल्य ५.०३ प्रतिशतले गिरावट हुँदा मायाखोला हाइड्रोपावरको सेयरमूल्य ४.८१ प्रतिशत र जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य ४.४७ प्रतिशतले गिरावट भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० चैत्र २०७९, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार