म्यानचेस्टर । शनिबार भएको खेलमा म्यानचेस्टर सिटीसँगको हारपछि लिभरपुलको टिम चढेको बसमा सम्भावित इँटा प्रहारको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । सिटीसँग ४–१ को लज्जास्पद पराजय बेहोरेर इतिहाद रंगशालाबाट बाहिरिने क्रममा बसमा इँटा प्रहार भएको बताइएको छ ।
घटनामा बसको सिसामा क्षति पुगेको छ ।
यद्यपि, घटनामा कोही पनि घाइते नभएकाले बसले आफ्नो नियमित यात्रा जारी राखेको थियो । घटनाबारे ग्रेटर म्यानचेस्टर पुलिस (जीएमपी)ले अनुसन्धान सुरु गरेको छ । सिटीले एक आधिकारिक वक्तव्य जारी गर्दै घटनाको भर्त्सना गरेको छ भने प्रहरीको अनुसन्धानलाई सहयोग गर्ने बताएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ चैत्र २०७९, १६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा बस पल्टिँदा ३८ जना घाइते
त्रिशूली किनारामा पुरिएको बस निकाल्ने प्रयास सकस
त्रिशुलीमा बस बालुवामा पुरिएकाे अस्थामा भेटियो
अल्जेरियामा बस नदीमा खस्यो, १८ जनाको मृत्यु
रौतहटमा बस पल्टियो, १० जना घाइते
सहजपुरमा इभी हायससँग बस ठोक्किँदा तीन जना घाइते