एजेन्सी । संयुक्त राज्य अमेरिकाको दक्षिणी र मध्यपश्चिमका शहरमा आएको आँधीमा परी २१ जनाको मृत्यु भएको छ । आँधीमा दर्जनौं घाइते भएका हुन् । मृत्यु हुनेमा टेनेसी राज्यका सात, अर्कानान्सका पाँच र इलिनोइसका चार जना रहेका छन् । अन्य पाँच जना इन्डियाना, अलाबामा र मिसिसपी राज्यका रहेको जनाइएकाे छ । गत शुक्रबार राति आएको आँधीले ८ राज्य प्रभावित बनेका छन् । आँधीले धेरै घर र व्यवसायिक क्षेत्रमा असर पुगेको जनाइएकाे छ ।
आँधीले विद्युत प्रसारणमा क्षति पुग्दा १० औँ हजार मानिस अँध्यारोमा बस्न बाध्य भएका छन् । ८ करोड ५० लाख मानिस आँधीबाट प्रभावित भएको समाचार एजेन्सी अलजजिराले जनाएको छ । अर्कानान्सका गभर्नर साराह हुकाबीले राज्यमा संकटकाल घोषाणा गर्दै उद्धार र राहतका लागि १ सय सदस्यीय सक्रिय टोली गठन गर्नुभएको छ ।
यो वर्ष मात्रै अमेरिकामा आँधीका कारण २ सय ७१ जनाकाे मृत्यु भएकाे छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १९ चैत्र २०७९, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकामा गोली हानेर ३ प्रहरी मारिए, २ जना गम्भीर घाइते
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स
अमेरिका जाँदै हुनुहुन्छ ? पहिल्यै १५ हजार डलर धरौटी राख्नुपर्ने नियम आउँदै
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
युक्रेनलाई अमेरिकाले शक्तिशाली हतियार सहयोग गर्ने