एजेन्सी । संयुक्त राज्य अमेरिकाको दक्षिणी र मध्यपश्चिमका शहरमा आएको आँधीमा परी २१ जनाको मृत्यु भएको छ । आँधीमा दर्जनौं घाइते भएका हुन् । मृत्यु हुनेमा टेनेसी राज्यका सात, अर्कानान्सका पाँच र इलिनोइसका चार जना रहेका छन् । अन्य पाँच जना इन्डियाना, अलाबामा र मिसिसपी राज्यका रहेको जनाइएकाे छ । गत शुक्रबार राति आएको आँधीले ८ राज्य प्रभावित बनेका छन् । आँधीले धेरै घर र व्यवसायिक क्षेत्रमा असर पुगेको जनाइएकाे छ ।
आँधीले विद्युत प्रसारणमा क्षति पुग्दा १० औँ हजार मानिस अँध्यारोमा बस्न बाध्य भएका छन् । ८ करोड ५० लाख मानिस आँधीबाट प्रभावित भएको समाचार एजेन्सी अलजजिराले जनाएको छ । अर्कानान्सका गभर्नर साराह हुकाबीले राज्यमा संकटकाल घोषाणा गर्दै उद्धार र राहतका लागि १ सय सदस्यीय सक्रिय टोली गठन गर्नुभएको छ ।
यो वर्ष मात्रै अमेरिकामा आँधीका कारण २ सय ७१ जनाकाे मृत्यु भएकाे छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १९ चैत्र २०७९, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?