काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले निष्काशन गरिएको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियबासीहरुका लागि निष्काशन गरेको आईपिओ बाँडफाँट गरेको हो । कम्पनीले फागुन ८ गतेदेखि चैत ७ गतेसम्म आयोजना प्रभावित क्षेत्र दैलेखका स्थानीय बासिन्दाहरुका लागि उक्त आईपीओ जारी गरेको थिए । उक्त आईपीओमा रितपूर्वक आवेदन आवेदकहरूमा बाँडफाँट गरिएको कम्पनीले जनाएकाे छ ।
कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ३६ हजार ४८६ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। जसमध्ये कम्पनीले अति प्रभावित क्षेत्र नौमुले र कालिका गा.वि.स मा स्थायी बसोबास गर्ने स्थानिय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता, आयोजन प्रभावित क्षेत्र दैलेख जिल्लाका स्थानिय बासिन्दाहरुका लागि २ लाख ६८ हजार २४३ कित्ता शेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ।
उक्त आईपीओको नतिजा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको वेबसाइटबाट तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको आईपीओ रिजल्टबाट हेर्न सकिन्छ । साथै रितपूर्वक प्राप्त नभएका आवेदकहरुको सेयर वापतको रकम चैत २० गते सोमबारदेखि बैंक खातामा रकमान्तर गरिने पनि कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ चैत्र २०७९, १२ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वसाधारणलाई भुजुङ हाइड्रोपावरको आईपीओ खुल्यो
सालपा विकास बैंकको आईपीओ बाँडफाँट
सालपा विकास बैंकको आईपीओ आजदेखि बिक्री खुला
आजदेखि नयाँ आईपीओ खुला
एसवाई प्यानलको आईपीओ आजदेखि बिक्री खुला
बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने अन्तिम दिन