काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदभार सम्हालेका छन् ।
११ पुसमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बनेका श्रेष्ठलाई प्रधानमन्त्रीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठनका क्रममा गृहको जिम्मेवारी दिएका हुन् ।उनले शुक्रबार नै गृहमन्त्रीको पदभार सम्हालेका छन् । उनी गृह मन्त्रालयको नेतृत्वमा १० वर्षपछि फर्किएका हुन् ।
श्रेष्ठ ०६८ मा केही दिन गृहमन्त्री बनेका थिए । १६ साउन २०६८ देखि ३ भदौ २०६८ सम्म गृहमन्त्री रहेका श्रेष्ठले फेरि गृहमा फर्किएपछि भनेका छन्, ‘१० वर्षपछि गृह मन्त्रालयमा फर्किएको छु । प्रधानमन्त्रीको निर्देशनअनुसार गृह मन्त्रालयको जिम्मेवारी लिएर आएको छु ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ चैत्र २०७९, १७ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण
दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कसरी ?
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन