काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रजातन्त्र मुट्ठीभरका सानो समूहको कब्जामा भएको बताएका छन् । दुरदराजमा बस्ने तल्ला वर्गका जनताको दुख, पिर मर्का हेर्ने बुझ्ने फुर्सद सत्तासीनलाई नभएको भन्दै थापाले मुलुक डरलाग्दो सेन्टिगेटको दुष्चक्रमा फसेको टिप्पणी गरे ।
थापाले भने, हरि खेलमा मात्र सबैको ध्यान केन्द्रित छ, यसले मुलुकलाई असफल राष्ट्र तर्फ उन्मुख गराउँदै छ । राप्रपा नेपाल आबद्ध पूर्व प्रहरी परिषद्को विस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले पूर्व सुरक्षाकर्मीको हकहितलाई सुरक्षित राख्न राप्रपा नेपाल प्रतिबद्ध रहेको बताएका छन् । अध्यक्ष थापाले द्वन्द्वपीडितलाई सुविधा दिने नाममा सरकारले तत्कालीन विद्रोही पक्षलाई मात्र पक्षपोषण गरेकोमा आपत्ति जनाउँदै सबै द्वन्द्वपीडितलाई राज्यले समान व्यवहार गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ चैत्र २०७९, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति
'न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ' : कमल थापा
राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
राजावादीका लागि अनुकूल समय आयो : कमल थापा
जनताको शान्तिपूर्ण बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्छौं : कमल थापा