काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक हजारले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजारमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख आठ हजार तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख सात हजार पाँच सय छ ।
यसको मूल्य अघिल्लो दिन रू एक लाख आठ हजार पाँच सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार तीन सय ५५मा आएको महासङ्घले जनाएको छ ।महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ चैत्र २०७९, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निरन्तर बढ्दै सुनको मूल्य, प्रतितोला कति ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार?
सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग
सुनको मूल्य स्थिर,चाँदीको मूल्य कति ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य सामान्य घट्यो