काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले प्रतिनिधिसभा नियमावली बन्नमा समय लागेको भन्दै सिंगो सदनको ध्यानाकर्षण गरेकी छन् ।आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्, ‘कति दिनभित्र प्रतिनिधिसभा नियमावली पास हुनेछ ?’
गत मंसिर ४ गते सम्पन्न आम चुनावबाट चुनिएर आएका प्रतिनिधिसभा सदस्यहरुले पुस ७ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । १० माघमा प्रतिनिधिसभा नियमावली मस्यौदा समिति बनेको थियो । ११ फागुनमा मस्यौदा समितिले नियमावली मस्यौदा समितिले आफ्नो प्रतिवेदन बुझाएको थियो । चैत ६ गते प्रतिनिधिसभाको बैठकमा पेश भएको नियमावली मस्यौदा प्रतिवेदन थप अगाडि बढेको छैन ।
लामो समयसम्म प्रतिनिधिसभा नियमावली सदनबाट पास हुन नसकेको भन्दै सांसद डाँगीले प्रश्न गरेकी हुन् । सांसद डाँगीले संसदीय समितिहरु गठन भएकोप्रति समेत सदनको ध्यानाकर्षण गराएकी छन् ।
‘कति दिनभित्र संसदीय समितिहरू बन्नेछन्, र कुन दिनबाट सदन संविधानले परिकल्पना गरे अनुसार आफ्नो काम कारबाहीमा गतिशील भएर अघि बढ्छ ? यी प्रश्न जनताले मलाई गरिरहन्छन तर म निरूत्तर छु’ उनले भनिन्, ‘त्यसैले यी प्रश्नहरुको जवाफ सभामुखमार्फत सुन्न चाहन्छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ चैत्र २०७९, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
कानुनको शासन र शक्ति पृथकीकरणमा संवेदनशील हुन सरकारलाई रास्वपा सांसदको सुझाव
एमाले सांसदको प्रश्न- मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा अहिले खोइ ?
रास्वपाका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सुरु
सरकार ‘रुल अफ ल’ भन्दा ‘रुल बाइ ल’ तर्फ उद्धतः सांसद गुरुङ
लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकास र सुशासन प्राथमिकतामा