काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य ६०० रुपैयाँ घटेको छ भने चाँदीको मूल्य १० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६०० रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७ रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ चैत्र २०७९, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढयो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
यस्तो छ आज सुनचाँदीको भाउ...