काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे सङ्घीय संसद् भवनमा बस्नेछ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 'संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९' माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले नै 'बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९' माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बैठकमा नेपाली कांग्रेसबाट संविधानसभा निर्वाचनमा समानुपातिक सदस्य निर्वाचित गणेशप्रसाद विमलीको यही चैत ७ गते भएको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ चैत्र २०७९, ०७ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्को कार्यसूचीबाट हटाइयो भूमि विधेयक
प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपाको अवरोध
डोलप्रसाद र रामहरिबीच संसदमा चर्काचर्की
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध
शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सर्यो
भिजिट भिसा प्रकरणमा अविलम्ब छानबिन समिति गठन गर्न माओवादीको माग