रौतहट । आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले युवा वर्गको लागि खेल जरुरी रहेको बताएका छन् । रौतहट जिल्लाको कटहरियामा बौद्धिमाई युवा क्लबको आयोजनामा कटहरिया प्रिमियर लिग क्रिकेट टुर्नामेण्ट-२०७९ को उद्घाटन गर्दै यस क्षेत्रका संघीय सांसदसमेत रहेका साहले शरीर स्वास्थ्य राख्नका लागि क्रिकेट खेल अति नै उपयोगी रहेको बताए हुन् ।
साहले अहिले नेपाल देश सङ्कटग्रस्त अवस्थामा रहेको बताउँदै देश विकासको लागि खेलाडीहरू जस्तै नेताहरू इमान्दार हुनुपर्ने बताए । उनले देश र समाजको सामाजिक सुधारको लागि खेल जरुरी रहेको जिकिर गरे।
उद्घाटन कार्यक्रमका आम जनता पार्टीका उप महासचिव कुन्दन कुशवाह, स्थायी कमिटी सदस्य सियाराम कुशवाहा, त्रिभुवन साह, आम दलित मोर्चाको नेता चन्देश्वर बैठा, केन्द्रीय सदस्य नरेश साह टुरहा, रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल, मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना साह , देवाही गोनाहि नगरपालिकाको नगर प्रमुख प्रेम लाल साह कानु लगायत अन्य जन प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ चैत्र २०७९, २० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
रवि लामिछानेलाई प्रभु साहले पनि भेटे
प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न- ‘सरकारको आयु सकिने बेला आयोगको म्याद किन लम्बिएयो ?’
अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन हो : प्रभु साह
यो सरकारले 'जेनजी' आन्दोलन सम्बोधन गर्न सकेन : प्रभु साह