राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनको लागि सरकार र निजी क्षेत्र एक हुन आवश्यक छः सभामुख घिमिरे

सफल खबर संवाददाता

शनिबार, ११ चैत्र २०७९, १९ : ०५
राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनको लागि सरकार र निजी क्षेत्र एक हुन आवश्यक छः सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनको लागि सरकार र निजी क्षेत्र एक ठाउँमा आउन आवश्यक रहेको बताएका छन।

शनिवार धुलिखेलमा भएको नेपाल राष्ट्रिय व्यवसायी महासंघको पाँचौं साधरण सभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनको लागि सरकार,संसद र निजी क्षेत्र एक ठाउँमा आउन आवश्यक रहेको बताए।

उनले व्यवसायीहरुलाई व्यवसाय चलायमान बनाउन उत्साहित तथा प्रोत्साहन गर्नुपर्ने भन्दै त्यस्तो काम हुन नसकेको बताए । उनले यस्तो अवस्थामा एकतर्फि रुपमा बैंकको ब्याजदर वृद्धि गर्न नहुने बताए।

उनले वर्तमान परिस्थितीलाई चाँडै अन्त्य गर्नको लागि सरकार,संसद,सांसद र नीजि क्षेत्रको भुमिका एक ठाउँ ल्याउन आवश्यक रहेको बताए । उनले पछिल्लो समय बैंकको ब्याजदर वृद्धि लगायत व्यवसायीहरुका अन्य समस्या समाधान गर्नको लागि आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाए ।

उनले भने,‘विभिन्न नीतिहरु निर्माण गर्ने र बनाएका नीति निर्माण गर्ने सरकारको महत्वपूर्ण भूमिका हुन्छ । त्यस्ता नीतिहरु कार्यान्वयन गर्ने भूमिका संसदको पनि हुन्छ । उद्योगी व्यवसायीहरुका वर्तमान समस्या समाधान गर्नको लागि आफूले पहल गर्नु कर्तव्य हो । त्यो प्रयास मबाट हुनेछ भन्ने प्रतिवद्धता जनाउन चाहन्छु ।

यस्तो बेलामा राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने र आर्थिक कारोबारमा एकतर्फि ढङ्गबाट ब्याज वृद्धि गर्ने र देशको संकट सामना गर्न नीति क्षेत्रलाई उत्साहित र प्रोसाहित गर्न नपुगि रहेको वर्तमान परिस्थितीलाई चाडै अन्त्य गर्नको लागि सरकार,संसद,सांसद र नीजि क्षेत्रको भूमिका एक ठाउँ ल्याउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस