यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

शनिबार, ११ चैत्र २०७९, ०७ : २१
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

बैंकले आज चैत ११ गतेका लागि निर्धारण गरेको नयाँ दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६८ पैसा र बिक्री दर १३२ रुपैयाँ २८ पैसा पुगेको छ।

यस्तै, युरो एकको खरिद दर १४१ रुपैयाँ ३२ पैसा र बिक्री दर १४१ रुपैयाँ ९६ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ७९ पैसा र बिक्री दर १६१ रुपैयाँ ५३ पैसा रहेको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस