काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।
मन्त्रिमण्डल विस्तारको गृहकार्यमा लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन दलका नेताहरुसँग बुधवार यता दिनहुँ जसो छलफल गर्दै आएका छन् । बिहीबार बेलुका कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान समाजवादीका अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन् ।
फागुन १२ पछि सत्ता समीकरण फेरिएसँगै कांग्रेस, एकीकृत समाजवादी, जसपालगायतलाई सरकारमा सहभागी गराएर मन्त्रिमण्डललाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ । एमाले, रास्वपा र राप्रपा सरकारबाट बाहिरिएपछि प्रचण्डलाई १६ मन्त्रालयको जिम्मेवारी थपिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० चैत्र २०७९, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो: प्रचण्ड
निर्वाचनमा कुनै दलसँग गठबन्धन हुँदैन: प्रचण्ड
‘प्रचण्ड’ स्वदेश फिर्ता
ओली र ‘प्रचण्ड’बीच भेटवार्ता, के भयो छलफल ?
प्रचण्ड आज दिल्ली जादै, भोलि नै फर्किने
‘देश निर्वाचनमा केन्द्रित भयो’: ‘प्रचण्ड’