काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।
मन्त्रिमण्डल विस्तारको गृहकार्यमा लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन दलका नेताहरुसँग बुधवार यता दिनहुँ जसो छलफल गर्दै आएका छन् । बिहीबार बेलुका कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान समाजवादीका अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन् ।
फागुन १२ पछि सत्ता समीकरण फेरिएसँगै कांग्रेस, एकीकृत समाजवादी, जसपालगायतलाई सरकारमा सहभागी गराएर मन्त्रिमण्डललाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ । एमाले, रास्वपा र राप्रपा सरकारबाट बाहिरिएपछि प्रचण्डलाई १६ मन्त्रालयको जिम्मेवारी थपिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० चैत्र २०७९, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना