नेपाल र इटालीबीचको कूटनीतिक सम्बन्ध नागरिकस्तरमा विस्तार गर्नुपर्छ : मन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

विहीबार, ०९ चैत्र २०७९, १६ : १७
नेपाल र इटालीबीचको कूटनीतिक सम्बन्ध नागरिकस्तरमा विस्तार गर्नुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले नेपाल इटाली बीचको सम्बन्धलाई नागरिक स्तरमा बिस्तार गर्दै पर्यटकीय सम्बन्ध कायम गर्नुपर्ने बताएका छन् । बिहीबार राजधानीमा आयोजना भएको नेपाल–इटाली चेम्बर अफ कमर्सको ९ औँ साधारणसभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । 

उनले इटाली नेपालको भरपर्दो व्यापार साझेदार रहेको समेत बताए । हाल नेपाल र इटाली बीचको व्यापारमा नेपाललाई वार्षिक २ अर्बभन्दा धेरै घाटा रहेको र त्यो घाटा घटाउन पहल थालिनुपर्ने मन्त्री श्रेष्ठले बताए । भने, ‘नेपालमा उत्पादित चिया कफी र कृषिजन्य वस्तु निर्यातको ठुलो सम्भावना छ । सिङ्गो युरोपमा नेपाली वस्तुको भ्यालु याड गर्ने सम्भावना छ ।’ 

उनले इटालीका पर्यटकको खर्च गर्ने क्षमता धेरै रहेकाले नेपालमा आकर्षण गर्न सक्नुपर्ने समेत उनले बताए । कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले व्यापारिक र कूटनीतिक सम्बन्ध सुरु भएको धेरै लामो समय भएपनि नेपालमा इटालीको राजदूतावास नभएको बताए । नेपाल र इटालीको सम्बन्धलाई थप मजबुत पार्न सरकारले पहल थाल्नुपर्ने उनले बताए । 

प्रतिक्रिया दिनुहोस