स्वतन्त्र र विश्वसनीय निर्वाचनका लागि सरकार सक्रिय रहेको मन्त्री श्रेष्ठको दाबी

सफल खबर संवाददाता

सोमबार, ०४ फागुन २०८२, १४ : ०९
स्वतन्त्र र विश्वसनीय निर्वाचनका लागि सरकार सक्रिय रहेको मन्त्री श्रेष्ठको दाबी

काठमाडौँ । आसन्न निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र समावेशी ढंगले सम्पन्न गर्ने लक्ष्यसहित सरकारले आवश्यक तयारीलाई प्राथमिकताका साथ अघि बढाएको बताइएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले सरकार निर्वाचन व्यवस्थापनमा जिम्मेवार रूपमा संलग्न रहेको उल्लेख गरेकी हुन्।

सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै उनले मतदातालाई सचेत र जिम्मेवार बनाउने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको जानकारी दिँदै नागरिकलाई सक्रिय सहभागिताका लागि आग्रह गरिन्। निर्वाचन प्रक्रियाप्रति विश्वास अभिवृद्धि गर्न जनचेतनामूलक गतिविधि महत्त्वपूर्ण हुने उनको भनाइ थियो।

उनका अनुसार निर्वाचन तयारीका कामलाई नेपाल सरकार, निर्वाचन आयोग, नागरिक समाज तथा सरोकारवाला निकायहरूले समन्वयका साथ तीव्र बनाइरहेका छन्।

महिला मतदाताको सहभागिता वृद्धि गर्न आवश्यक वातावरण सिर्जना गर्ने दिशामा पनि पहल भइरहेको उनले स्पष्ट पारेकी छन् ।

प्रतिक्रिया दिनुहोस