ऊर्जा क्षेत्रको सुधारका लागि मन्त्री श्रेष्ठद्वारा ३२ बुँदे निर्देशन जारी

सफल खबर संवाददाता

विहीबार, ०३ बैशाख २०८३, १८ : १३
ऊर्जा क्षेत्रको सुधारका लागि मन्त्री श्रेष्ठद्वारा ३२ बुँदे निर्देशन जारी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रमा संरचनात्मक सुधार, पारदर्शिता र नतिजामुखी कार्यसम्पादनका लागि ३२ बुँदे विशेष निर्देशन जारी गरेका छन्।

बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले सम्बन्धित निकायहरूलाई समयसीमासहितका कार्यान्वयन योजना अघि बढाउन निर्देशन दिएका हुन्।

विद्युत् बजार सुधारदेखि सिँचाइ प्रणाली सुदृढीकरणसम्मका बहुआयामिक विषय समेटिएको यस कार्ययोजनामा जिम्मेवारी पूरा नगर्ने निकायमाथि सघन अनुगमन हुने मन्त्रालयले जनाएको छ।

निर्देशन जारी गर्दै मन्त्री श्रेष्ठले भने, ‘लामो गृहकार्य र सरोकारवाला पक्षसँगको घनिभूत छलफलपछि यो मार्गचित्र तयार पारिएको हो। यो देखाउनका लागि मात्र दिइएको निर्देशन होइन, यसकै आधारमा हाम्रा आगामी नीति र कार्यक्रम तय हुनेछन्। तोकिएको समयभित्र नतिजा निकाल्न म मातहतका सबै निकायलाई निर्देशन दिन्छु।’

प्रतिक्रिया दिनुहोस