काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले उपनिर्वाचनका लागि दल दर्ता गराउने निर्णय गरेको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको पार्टीका प्रवक्ता मनिष सुमनले बताए । वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दर्ताका लागि आह्वान गरेको छ ।
बैठकले उम्मेदवारको बारेमा केही निर्णय गरेन । जिल्ला तथा प्रदेशबाट उम्मेदवारको नाम सिफारिस भएर आएमा सोही आधारमा पछि निर्णय गर्ने उनले बताए ।
साथै, चैत २६ देखि २८ गतेसम्म हुने विधान अधिवेशनका लागि प्रतिनिधि चयनको प्रकृया र मापदण्ड तयार गर्नका तीन सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा कार्यकारिणी सदस्यहरू विजय यादव, मनिष सुमन र रकम चेम्जोङ रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ चैत्र २०७९, १९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
रुपन्देही-३ उपनिर्वाचनमा २७ दलले दिए २८ निवेदन
रुपन्देही ३ को उपनिर्वाचनमा माओवादीको एक्लो होमवर्क : मत परीक्षण कि चुनावी उदय ?
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय