काठमाडौ । वैशाख १० गते हुने उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आयोगमा दल दर्ता गर्न सकिने छ।
आयोगले मंगलबार सूचना प्रकाशित गर्दै चैत ८ देखि १२ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको होवैशाखमा तनहुँ १, चितवन २, बारा २ मा उपनिर्वाचन हुँदैछ।
तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि सो स्थान रिक्त भएको छ।
यसैगरी बारा २ बाट निर्वाचित जसपाका नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्र रिक्त भएको थियो। बारा २ मा गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने सम्भावना छ।
यस्तै नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)अध्यक्ष रवि लामिछानेको पद बदर गरेपछि उनी निर्वाचित चितवन २ मा सांसद पद रिक्त भएको थियो।
रिक्त यी क्षेत्रमा एकैपटक निर्वाचन गर्ने तयारी आयोगले गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ चैत्र २०७९, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय
रुपन्देही र मनाङमा कात्तिकको दोस्रो साता उपचुनाव गर्न प्रस्ताव
उपनिर्वाचनले स्थगित भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु
उपनिर्वाचन २०८१ ले दिएको सन्देश
३७ सीटको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)
उपनिर्वाचनमा सहभागी सबैलाई गृहमन्त्रीले दिए धन्यवाद