काठमाडौं। सभामुख देवराज घिमिरेले नेपाल पत्रकार महासंघका अध्यक्षसहित पदाधिकारीहरूलाई भेटेर यसअघि आफूले पत्रकारहरूबारे दिएको टिप्पणी फिर्ता लिएको बताएका छन्।सभामुख घिमिरेले सोमबार महासंघ अध्यक्ष विपुल पोखरेलसहितलाई भेटेर यसअघि दुर्घटनावश गरिएको टिप्पणी फिर्ता लिएको बताए। गत चैत ३ गते पत्रकार महासंघका पदाधिकारीहरूको भेटमा सभामुख घिमिरेले ‘पत्रकारहरू बिक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएपछि महासंघले विज्ञप्ति निकालेर उक्त टिप्पणी फिर्ता लिनुपर्ने नभए दवावमुलक कार्यक्रम गर्ने चेतावनी दिएको थियो।
सभामुख घिमिरेले महासंघ पदाधिकारीहरूसँग सोमबार आफूले नियतवश र पत्रकारलाई चोट पुर्याउने उद्देश्यले त्यसदिन त्यो टिप्पणी नगरेको बताएका थिए।‘मेरो टिप्पणी त्यस्तो खालको नियतसहित थिएन। चोट पुर्याउने हिसावले भनेको पनि होइन। त्यसलाई एउटा दुर्घटनाजस्तो रूपमा मात्रै लिइदिनुपर्यो भन्ने सभामुखको भनाइ रह्यो,’ महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले भने, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा मेरो प्रतिबद्धता आगामी दिन र व्यवहारमा पनि देखिन्छ। मैले अपमानित गर्न खोजेको होइन भनेर उहाँले भन्नुभएको छ।’महासंघले सभामुख घिमिरेलाई आगामी दिनमा व्यवहार हेर्ने र अहिलेका लागि विवाद रोकिएको प्रतिक्रिया दिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ चैत्र २०७९, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
विपक्षी दलमाथि सभामुखको असन्तुष्टि: छलफलका लागि बोलाउँदा आएनन्
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता