काठमाडौं। सभामुख देवराज घिमिरेले नेपाल पत्रकार महासंघका अध्यक्षसहित पदाधिकारीहरूलाई भेटेर यसअघि आफूले पत्रकारहरूबारे दिएको टिप्पणी फिर्ता लिएको बताएका छन्।सभामुख घिमिरेले सोमबार महासंघ अध्यक्ष विपुल पोखरेलसहितलाई भेटेर यसअघि दुर्घटनावश गरिएको टिप्पणी फिर्ता लिएको बताए। गत चैत ३ गते पत्रकार महासंघका पदाधिकारीहरूको भेटमा सभामुख घिमिरेले ‘पत्रकारहरू बिक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएपछि महासंघले विज्ञप्ति निकालेर उक्त टिप्पणी फिर्ता लिनुपर्ने नभए दवावमुलक कार्यक्रम गर्ने चेतावनी दिएको थियो।
सभामुख घिमिरेले महासंघ पदाधिकारीहरूसँग सोमबार आफूले नियतवश र पत्रकारलाई चोट पुर्याउने उद्देश्यले त्यसदिन त्यो टिप्पणी नगरेको बताएका थिए।‘मेरो टिप्पणी त्यस्तो खालको नियतसहित थिएन। चोट पुर्याउने हिसावले भनेको पनि होइन। त्यसलाई एउटा दुर्घटनाजस्तो रूपमा मात्रै लिइदिनुपर्यो भन्ने सभामुखको भनाइ रह्यो,’ महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले भने, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा मेरो प्रतिबद्धता आगामी दिन र व्यवहारमा पनि देखिन्छ। मैले अपमानित गर्न खोजेको होइन भनेर उहाँले भन्नुभएको छ।’महासंघले सभामुख घिमिरेलाई आगामी दिनमा व्यवहार हेर्ने र अहिलेका लागि विवाद रोकिएको प्रतिक्रिया दिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ चैत्र २०७९, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले संसद् सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ: सभामुख
जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ: सभामुख घिमिरे
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त
संसद् पुनर्स्थापनाबारे काँग्रेस र एमालेद्वारा सभामुखसँग छलफल
लुम्बिनीका सभामुखद्वारा ५ जनाको स्वकीय सचिवालय विघटन
मधेशमा सभामुखले पदमुक्त गरेका सांसदद्वारा हाजिरी र कारबाहीको नक्कल माग