काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रिय सहमति अरोन्य रोदनको विषय नभएको बताएका छन् । विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै पौडेलले राष्ट्रका साझा चुनौतीको सामना गर्न र अभिभाराहरु पूरा गर्न सिंगो देश र संसदमा भएका दलहरुबीच सहमति हुनुपर्ने बताए । तर त्यसका लागि सहमति उन्मुख गतिविधि गर्नुपर्ने भन्दै उनले भने, ‘सहयात्रीलाई घोक्राएर निकाल्ने, अनि सहमतिको कुरा गर्ने मेल खाने विषय होइन ।
एमाले उपाध्यक्ष पौडेलले प्रधानमन्त्री प्रचण्डलाई कस्तो राष्ट्रिय सहमति खोजेको भनेर प्रश्न गरे । प्रधानमन्त्री बन्न समर्थन लिने र बनेको भोलिपल्ट शत्रुताको सम्बन्ध राख्दै एमालेलाई एक्ल्याउने प्रयास भएको उनले बताए ।
संसदको सिट संख्याका हिसाबले दोस्रो र जनमतको हिसाबले एमाले पहिलो दल भएको भन्दै उपाध्यक्ष पौडेलले भने, ‘एमाले विनाको सहमति कस्तो राष्ट्रिय सहमति हो ? म सम्माननीय प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, एमालेविना राष्ट्रिय सहमति सम्भव छ कि छैन ?’
प्रधानमन्त्रीले खोजेको सहमतिले दलहरुका बीचमा विभाजन निम्त्याउने र मुलुकलाई अनिश्चित अस्थिरतातिर डोहो¥याउने भन्दै उनले यस्तो शब्दजालमा मुलुक फस्न नहुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ चैत्र २०७९, १४ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत
महाधिवेशनमार्फत आन्तरिक असन्तुलन व्यवस्थापन गरिएको एमाले अध्यक्ष ओलीको दाबी