काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्ने दाबी गरेकी छिन्। बिहीबार आईसीसी लिग–२ अन्तर्गत निर्णायक खेलमा यूएईले दिएको कीर्तिमानी लक्ष्य पूरा गर्दै नेपालले जित निकालेसँगै उनले भरतपुरमा क्रिकेट स्टेडियम बन्ने बताएकी हुन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार भएको खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मेयर दाहाल पनि पुगेकी थिइन्। उनी पुगेपछि क्रिकेट हेर्न पुगेका समर्थकहरूले भरतपुरमा क्रिकेट स्टटेडियमको माग गर्दै केहीबेर हुटिङ गरेका थिए।
निर्माण सम्पन्न नभई अलपत्र परेको उक्त अन्तर्राष्ट्रिय स्टेडियमका बारेमा केहीदिनमा खुशीको खबर सुन्न पाउने उनले बताएकी छिन्। सामाजिक सञ्जालमार्फत मेयर दाहालले भनेकी छिन्, ‘ढुक्क हुनुस्, भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्छ। केहीदिनमा खुशीको खबर सुन्न पाउनुहुनेछ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ चैत्र २०७९, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन-३ को चुनावी तापमान : देखिदैछ रेनुको पल्ला अलि भारी
चितवन-३ बाट रेनु दाहालले गराइन् मनाेनयन दर्ता
संसदीय निर्वाचनको तयारीसहित भरतपुर महानगर प्रमुख रेनु दाहालले दिइन् राजीनामा
चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
मेयर दाहालद्धारा ६ कोठे विद्यालय भवन र प्रहरी कार्यालय भवनको शिलान्यास