काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रदेश प्रमुखहरूले सामूहिक भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा संघीयतालाई कसरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भन्ने विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री निवासमा भएको भेटमा ६ वटा प्रदेशका प्रमुखहरूको सहभागिता थियो । वाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले प्रधानमन्त्रीसँगको भेटमा मुख्यतः संघीयताको प्रभावकारी कार्यान्वयनको विषयमा छलफल भएको बताए ।
'संघीयतालाई कसरी प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सुदृढ गर्ने भन्ने विषयमा प्रधानमन्त्रीसँग छलफल भयो । जनताको ठूलो बलिदान, त्याग, तपस्याले आएको संघीयता जोगाउनका लागि प्रधानमन्त्रीले कदम चाल्नुहुनेछ भन्ने विश्वास राख्यौं,' उनले भने ।
पछिल्लो समय संघीयताको खासगरी प्रदेश संरचनाको आलोचना भएको विषयमा पनि प्रधानमन्त्री दाहाल र प्रदेश प्रमुखहरूबीच छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ चैत्र २०७९, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति