काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रदेश प्रमुखहरूले सामूहिक भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा संघीयतालाई कसरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भन्ने विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री निवासमा भएको भेटमा ६ वटा प्रदेशका प्रमुखहरूको सहभागिता थियो । वाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले प्रधानमन्त्रीसँगको भेटमा मुख्यतः संघीयताको प्रभावकारी कार्यान्वयनको विषयमा छलफल भएको बताए ।
'संघीयतालाई कसरी प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सुदृढ गर्ने भन्ने विषयमा प्रधानमन्त्रीसँग छलफल भयो । जनताको ठूलो बलिदान, त्याग, तपस्याले आएको संघीयता जोगाउनका लागि प्रधानमन्त्रीले कदम चाल्नुहुनेछ भन्ने विश्वास राख्यौं,' उनले भने ।
पछिल्लो समय संघीयताको खासगरी प्रदेश संरचनाको आलोचना भएको विषयमा पनि प्रधानमन्त्री दाहाल र प्रदेश प्रमुखहरूबीच छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ चैत्र २०७९, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ : प्रधानमन्त्री कार्की