काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस फिक्कलमा दुर्घटना भएको थियो ।
मृतकको संख्या ६ पुगेको सिन्धुलीका एसपी राजकुमार सिलवालले बताए । मृत्यु हुनेमा ३ पुरुष र ३ महिला छन् । दुर्घटनामा परेर २९ जना घाइते भएका छन् । घाइतेलाई उपचारको लागी सिन्धुलीको खुर्कोटमा ल्याइँदै छ । बस तिब्र गतिको कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी सिलवालले जानकारी दिए । बस सडकको भित्तामा ठोक्किएको छ । चालक फरार छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ फागुन २०७९, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा बस दुर्घटना, एकजनाको मृत्यु
धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ७ जना घाइते
बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते
पोखरामा नगर बस दुर्घटना, २३ जना घाइते
मुग्लिन-पोखरा सडकखण्डको ऐना पहरामा बस दुर्घटना
सङ्खुवासभामा बस दुर्घटना, १४ जना घाइते