सिन्धुलीमा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, चालक फरार

सफल खबर संवाददाता

आइतबार, २८ फागुन २०७९, १० : ४३
सिन्धुलीमा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, चालक फरार

काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा बस दुर्घटना भएको छ । ओखलढुङ्गाबाट काठमाडौँ आउँदै गरेको बस फिक्कलमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख राजकुमार सिलवालले बताए । 

दुर्घटनामा घाइते भएका २४ जनालाई खुर्कोटतर्फ ल्याइँदै छ । एक जना घाइतेलाई उपचारका लागी घुर्मिमा पठाइएको प्रहरीले जनाएको छ । 

एसपी सिलवालका अनुसार तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । बा २ ख ६५९६ नम्बरको बस  सडकको भित्तामा ठोक्किएको छ । चालक फरार छन् ।

प्रतिक्रिया दिनुहोस