काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा बस दुर्घटना भएको छ । ओखलढुङ्गाबाट काठमाडौँ आउँदै गरेको बस फिक्कलमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख राजकुमार सिलवालले बताए ।
दुर्घटनामा घाइते भएका २४ जनालाई खुर्कोटतर्फ ल्याइँदै छ । एक जना घाइतेलाई उपचारका लागी घुर्मिमा पठाइएको प्रहरीले जनाएको छ ।
एसपी सिलवालका अनुसार तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । बा २ ख ६५९६ नम्बरको बस सडकको भित्तामा ठोक्किएको छ । चालक फरार छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ फागुन २०७९, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मकवानपुरमा बिजुलीको पोलमा ठोकियो यात्रु बस, २२ जना घाइते
चितवनमा बस पल्टिँदा ३८ जना घाइते
त्रिशूली किनारामा पुरिएको बस निकाल्ने प्रयास सकस
त्रिशुलीमा बस बालुवामा पुरिएकाे अस्थामा भेटियो
अल्जेरियामा बस नदीमा खस्यो, १८ जनाको मृत्यु
रौतहटमा बस पल्टियो, १० जना घाइते