काठमाडौं । मंगलबार सेयर बजारको नेप्से परिसूचक बढेको छ । आज नेप्से सूचक १४.४१ अंकले बढेर एक हजार ९ सय ५२ दशमलव ६६ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा एक अर्ब २० करोड ४४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १६३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ४५ कम्पनीको शेयरमूल्य घटेको छ । आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सुभम पावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २९१.५० रुपैयाँ पुगेको छ भने सुपर मादीको ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३६१.७० रुपैयाँ पुगेको छ ।
आज सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी साल्ट टेडिङ कर्पोरेसनको भएको छ । यसको आज १२ करोड ७ लाखभन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ फागुन २०७९, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार