काठमाडौं । मंगलबार सेयर बजारको नेप्से परिसूचक बढेको छ । आज नेप्से सूचक १४.४१ अंकले बढेर एक हजार ९ सय ५२ दशमलव ६६ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा एक अर्ब २० करोड ४४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १६३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ४५ कम्पनीको शेयरमूल्य घटेको छ । आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सुभम पावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २९१.५० रुपैयाँ पुगेको छ भने सुपर मादीको ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३६१.७० रुपैयाँ पुगेको छ ।
आज सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी साल्ट टेडिङ कर्पोरेसनको भएको छ । यसको आज १२ करोड ७ लाखभन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ फागुन २०७९, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २७०० माथि, कारोबार रकम ७ अर्ब ४५ करोड
नेप्से परिसूचक झिनो अंकले घट्यो
घट्यो सेयर बजार
बढ्यो सेयर बजार, ९ अर्ब ५० करोडको कारोबार
सेयर बजारले नाघ्यो २७ सय विन्दु
बढ्यो सेयर बजार, पौने १० अर्बको कारोबार