काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्याय रेष्टुराँको ६ तलामाथिबाट खसेर निधन भएकाे छ । एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका उपाध्याय गम्भीर खसेर घाइते भएका थिए । उनकाे उपचारका क्रममा अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएकाे जनाइएकाे छ ।
आज दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको ६ तलामाथिबाट खस्दा उपाध्याय घाइते भएका थिए । उनलाई तत्कालै नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा लगिएको थियो ।
उपाध्याय माधव नेपालका कान्छा भाइ हुन् । उनी ६२ वर्षको उमेरमा थिए । हाल उनका २ छोरी छन्, दुवै अमेरिकामा छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० फागुन २०७९, १९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’