काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्याय रेष्टुराँको ६ तलामाथिबाट खसेर निधन भएकाे छ । एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका उपाध्याय गम्भीर खसेर घाइते भएका थिए । उनकाे उपचारका क्रममा अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएकाे जनाइएकाे छ ।
आज दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको ६ तलामाथिबाट खस्दा उपाध्याय घाइते भएका थिए । उनलाई तत्कालै नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा लगिएको थियो ।
उपाध्याय माधव नेपालका कान्छा भाइ हुन् । उनी ६२ वर्षको उमेरमा थिए । हाल उनका २ छोरी छन्, दुवै अमेरिकामा छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० फागुन २०७९, १९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल