राष्ट्रपति निर्वाचन : कांग्रेसले सातै प्रदेशमा प्रचारप्रसार गर्न  खटायो पदाधिकारी

सफल खबर संवाददाता

विहीबार, १८ फागुन २०७९, १० : ०६
राष्ट्रपति निर्वाचन : कांग्रेसले सातै प्रदेशमा प्रचारप्रसार गर्न  खटायो पदाधिकारी

काठमाडौँ । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसले पदाधिकारीलाई सातै प्रदेशमा खटाएको छ। सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बुधबार बसेको बैठकले पदाधिकारीहरूलाई खटाउने निर्णय गरेको हो।

जसअनुसार कोसी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेश प्रदेशमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, बागमती प्रदेशमा महामन्त्री गगन थापा, गण्डकी प्रदेशमा उपसभापति धनराज गुरुङ, लुम्बिनी प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठौर, कर्णाली प्रदेशमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री बद्री पाण्डेलाई खटाइएको कांग्रेसले जनाएको छ।

कांग्रेसले सातै प्रदेशका पार्टी सभापतिहरूलाई पनि राष्ट्रपति निर्वाचनमा खट्न लगाएको छ। आठ दलको समर्थनमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र राष्ट्रपति निर्वाचनको उम्मेदवार बनेका छन्। नेकपा एमालेबाट भने सुवाष नेम्वाङ उम्मेदवार रहेका छन्।

निर्वाचनमा संघीय संसदका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाताले मतदान गर्नेछन्।

प्रतिक्रिया दिनुहोस