काठमाडौं । बीपीडब्लू लघुवित्त वित्तिय संस्थाकोे आइपीओ आजदेखि सर्वसाधारणका लागि खुला भएको छ । लघुवित्तले ९७ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ हजार कित्ता शेयर निष्काशन गरेको हो ।
जसमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँटफाँट गरिसकेको छ । १ हजार ५०० कित्ता शेयर कर्मचारी तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिसकेको कम्पनीले जनाएको छ । बाँकी रहेको ८० हजार ९५० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आईपीओमा न्यूनतम १० देखि अधिकतममा एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओ छिटोमा फागुन २३ गतेसम्म भर्न सकिनेछ । उक्त अवधिमा पूर्ण आवेदन नपरे निष्काशन अवधि चैत २ गतेसम्म थपिनेछ ।
मेरो सेयरको मोबाइल एप, मेरो सेयर सफ्टवेयर तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ फागुन २०७९, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वसाधारणलाई भुजुङ हाइड्रोपावरको आईपीओ खुल्यो
सालपा विकास बैंकको आईपीओ बाँडफाँट
सालपा विकास बैंकको आईपीओ आजदेखि बिक्री खुला
आजदेखि नयाँ आईपीओ खुला
एसवाई प्यानलको आईपीओ आजदेखि बिक्री खुला
बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने अन्तिम दिन