चितवन । तीन वटा मन्त्रालय र भरतपुर महानगरपालिकाको समन्वयमा नारायणी नदी किनारमा भईरहेको सौन्दर्यकरणको कामको दुई मुख्य योजना अन्तर्गत नारायणी सि बिच र आरती भवनको शिलान्यास गरिएको छ ।
बुुधबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दुई आयोजनाको शिलान्यास गरिन् । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयबाट नारायणी सि बिच, सघन सहरी विकास मन्त्रालयबाट आरती स्थल र पर्यटन मन्त्रालयबाट फुटरेलको काम भईरहेको छ ।
उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयबाट नारायणी सि बिच, सघन सहरी विकास मन्त्रालयबाट आरती स्थल र पर्यटन मन्त्रालयबाट फुटरेलको काम भईरहेको छ । नारायणी सि बिच मोडलको लागि रु १५ करोड ९२ लाख ९४ हजारमा डाईनामिक कन्ट्रसन प्रालिले २०८१ असार ५ गतेभित्र निर्माण सम्पन्न हुने गरी सम्झौता भएको छ । यस्तै आरती स्थलका लागि स्मार्ट सिटी कार्यक्रम अन्तरतग रु १ करोड ७५ लाखमा लाईटि सहित २०८१ भदौ ५ गते निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ फागुन २०७९, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना