काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसुचकमा ०.१८ प्रतिशतले ओरालो लागेको छ । सोमबार ३.६५ अंकले ओरालो लागि २०२३.५४ बिन्दुमा आएर रोकिएको छ ।यस्तै, सेन्सेटिभ इन्डेक्सम ०.२२ प्रतिशतले घटेको छ । आज ५१ लाख २० हजार ८८८ कित्ता सेयर किनबेच हुँदा १ अरब ८९ करोड १७ बढीको कारोबार भएको छ ।
यस्तै १५९ कम्पनीहरुको कारोबार हुँदा ७१ कम्पनीमा वृद्धि भएको छ । १३५ कम्पनीमा ओरालो लागेको र ११ कम्पनी स्थीर रहेको नेप्सेले जनाएको छ । त्यस्तै, स्वाभिमान लघुवित्त बित्तीय संस्था र समलिङ् पावर कम्पनी को ९ प्रतिशतले वृद्धि भएको छ । यता, हिमालय डिस्टिलरीको ६ करोड बढीको कारोबार भएको छ भने एन आइसी एसिया बैंकको ५ करोड भन्दाबढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
सोमबार १३ उप सुचकहरुमा ५ कम्पनीमा उकालो लागेको र अरु सबै उप सुचकहरुमा ओरालो लागेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ फागुन २०७९, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार