पाँचथर । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपतिको निर्वाचनमा एमालेले काँग्रेसँग सहकार्य गर्नसक्ने बताएका छन् ।
पाँचथरको सदरमुकाम फिदिममा आयोजित एक कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै ज्ञवालीले काँग्रेस एमालेसँग छलफल गर्न आए राष्ट्रपतिमा सहयोग गर्ने बताएका हुन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाटो विराएकाले मुलुकमा राजनीतिक स्थिरता ल्याउन एमालेले काँग्रेसँग सहकार्य गर्नसक्ने बताए ।‘मुलुकमा स्थिरता र भूराजनितिक चलखेल रोक्न मुलुकका प्रमुख दलबीचको सहकार्य अपरिहार्य छ । कांग्रेस सकरात्मक भएर संवादमा आए राष्ट्रपति निर्वाचनमा सहकार्य हुने सम्भावना छ,’ उनले भने ।
उनले माओवादीलाई एमालेले नै उद्धार गरेको जिकिर गर्दै अहिले एमालेलाई नै राष्ट्रपति अस्वीकार गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ फागुन २०७९, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्ट आन्दोलन खडेरीको दूबो झैँ फेरि मौलाउनेछ : प्रदीप ज्ञवाली
विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली
वामपन्थी एकताको निर्णय भएको छैन : प्रदीप ज्ञवाली
अन्तर्राष्ट्रिय राजनीति कूटनीतिमा प्रयोग गरिने शब्दको विशेष अर्थ हुन्छ: प्रदीप ज्ञवाली
सरकारले प्रतिशोध र निषेधको बाटो लियाे : ज्ञवाली
निर्वाचन परिणामपछि एमालेमा आत्मसमीक्षाको आवश्यकता’ : प्रदीप ज्ञवाली