काँग्रेसलाई राष्ट्रपतिमा सघाउन एमाले तयार छ : प्रदीप ज्ञवाली

सफल खबर संवाददाता

शुक्रबार, १२ फागुन २०७९, १३ : १०
काँग्रेसलाई राष्ट्रपतिमा सघाउन एमाले तयार छ : प्रदीप ज्ञवाली

पाँचथर । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपतिको निर्वाचनमा एमालेले काँग्रेसँग सहकार्य गर्नसक्ने बताएका छन् ।

पाँचथरको सदरमुकाम फिदिममा आयोजित एक कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै ज्ञवालीले काँग्रेस एमालेसँग छलफल गर्न आए राष्ट्रपतिमा सहयोग गर्ने बताएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाटो विराएकाले मुलुकमा राजनीतिक स्थिरता ल्याउन एमालेले काँग्रेसँग सहकार्य गर्नसक्ने बताए ।‘मुलुकमा स्थिरता र भूराजनितिक चलखेल रोक्न मुलुकका प्रमुख दलबीचको सहकार्य अपरिहार्य छ । कांग्रेस सकरात्मक भएर संवादमा आए राष्ट्रपति निर्वाचनमा सहकार्य हुने सम्भावना छ,’ उनले भने ।

उनले माओवादीलाई एमालेले नै उद्धार गरेको जिकिर गर्दै अहिले एमालेलाई नै राष्ट्रपति अस्वीकार गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस