कपिलवस्तु । कपिलवस्तुको शिवराजमा एक युवकले आफ्नै बाबुको हत्या गरेका छन्।
शिवराज नगरपालिका-१० शीतलापुरका ३० वर्षिय मग्निराम पासीले आफ्नै बाबु ६४ वर्षीय मगरे पासीको हत्या गरेका हुन्। बुधबार बिहान मगरे आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।
घटना शंकास्पद देखेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। यस क्रममा मग्निरामले आफूले नै बाबुको हत्या गरेको स्वीकार गरेको वडा प्रहरी कार्यालय (चन्द्रौटा) का प्रमुख कपिलजंग शाहीले बताए।
‘घटनास्थल हेर्दा हामीलाई अलि शंकास्पद लाग्यो। अनुसन्धान सुरु गर्दा पत्ता लाग्यो’, उनले भने, ‘सोधपुछ गर्दा पनि उहाँहरुले अनि बाहिर मान्छेले पनि आत्महत्या हो भन्ने कुरा गरेका थिए। घुमाउरो तरिकाले सोधपुछ गर्दा स्वीकार गर्नुभयो।’
मंगलबार बिहान ११ बजेतिर श्रीमती र बुवालाई नग्न अवस्थामा देखेपछि आफूले बुवाको हत्या गरेको मग्निरामले बताएका छन्। हत्यापछि आत्महत्या भनी देखाउन शवलाई डोरीमा बाँधेर झुन्ड्याएको मग्निरामले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ फागुन २०७९, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या