सिरहा । सिरहामा मनि ट्रान्सफरका कर्मचारी लुटिएका छन्।
मिर्चैयास्थित ग्लोवल आईएमई बैंकबाट नौं लाख रुपैयाँ लिएर कल्याणपुर जाने क्रममा मनि ट्रान्सफरका कर्मचारीबाट बुधबार अपरान्ह लुटेराले ९ लाख रुपैयाँ लुटेर फरार भएका हुन्।
कल्याणपुर नगरपालिका ११ मा रहेको राजाराम सव मनि ट्रान्सफरको लागि मिर्चैयास्थित ग्लोवल बैंकबाट ९ लाख रुपैयाँ लिएर जाँदै गरेकाे बेला कल्याणपुर सडक अन्तर्गत मिर्चैया नगरपालिका ३ काे वतहा खोला पुल नजिकैबाट रहेका चार जनाको समूहमा लुटेराहरुले लुटपाट गरेको इलाका प्रहरी कार्यालाय मिर्चैयाका प्रमुख डीएसपी हरिकृष्ण केसीले जानकारी दिए।
उनले मोटरसाइकलमा रहेका लुटेराहरुले मनि ट्रान्सफरका कर्मचारीहरुलाई हात हतियार देखाएर कुटपीट समेत गरेको प्रहरीले बताए। उनले भने, ‘अलि एकान्तजस्तो ठाउँ रहेछ, एम्वुस थापेर बसेका लुटेराहरुले उनीहरुलाई हतियार देखाएर कुटपीट पनि गरेछन्,’ उनले भने ।
उनले रकम लुटिएको भन्ने थाहापाउना साथ सवै नाकाहरुमा खोजतलासको लागि प्रहरी परिचालन गरिएको जनाए। घटनाको बारेमा अनुसन्धान गरिरहेको बताए।
यस अघि पनि सो मनि ट्रान्सफरको २४ लाख रुपैयाँ यहि क्षेत्रबाट लुटिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ फागुन २०७९, ०७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत फेला
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
सरकार बदलियो, अब बदलिने पालो कर्मचारीको
अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार
सामाजिक सुरक्षा कोषले माग्यो उप-निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका कर्मचारी
अब सफ्टवेयरबाटै कर्मचारी सरुवा